अमेरिकामा एक महिलाको शरीरमा दुईवटा गुप्तांग र गर्भाशय फेला परेको छ ।
यस्तो असाधारण शरीर देखेर चिकित्सकहरू पनि छक्क परेका छन् । यस्ता केस निकै दुर्लभ हुने गर्छन् ।
छब्बीस वर्षीया यी महिलाले बच्चा जन्माउने बेलामा यसको जानकारी पाएकी थिइन् ।
महिलाका अनुसार, एक महिनामा नै दुईपटक रजस्वला हुँदा उनलाई निकै पीडा हुने गर्थ्यो । तर शरीरमा दुईवटा गुप्तांग भएका कारण यसो भएको भन्ने अनुमान उनले गरेकी थिइनन् ।
यस अवस्थालाई युटेरस डाइडेल्फिस भनिन्छ ।
ब्रिटनी जेकब्स नामक ती महिलालाई पतिसँग सम्बन्ध बनाउँदा पनि पीडा हुने गर्थ्यो ।
जेकब्स गर्भवती भएपछि बच्चा जन्माउन अस्पतालमा भर्ना भइन् । उनलाई सुत्केरी व्यथा पनि निकै चर्को लागेको थियो ।
लगभग ३० घन्टा सुत्केरी व्यथा सहेपछि ती महिलालाई चिकित्सकले उनको शरीरमा दुई गुप्तांग, दुई सर्भिक्स र दुई युटेरस भएको बताए ।
पच्चीस वर्षको उमेरसम्म उनलाई यसको बारेमा थाहा भएन । आफ्नो शारीरिक बनावटका कारण सम्बन्ध राख्दा पीडा हुने गरेको होला भन्ने उनलाई लाग्थ्यो ।