१२ असार २०८३, शुक्रबार

कूचविहारमा मोदी सरकारले नरसंहार गरेको ममता बनर्जीको आरोप

चैत २९, २०७७
कूचविहारमा मोदी सरकारले नरसंहार गरेको ममता बनर्जीको आरोप

भारतको पश्चिम बंगाल राज्यमा रहेको कूचविहारमा शनिवार सीआईएसएफ र भीडबीच झैझडपा हुँदा सुरक्षाकर्मीको गोली लागेर चारजनाको मृत्यु भएपछि राजनीतिक बयानबाजी भइरहेको छ । 

उक्त राज्यकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले मानिसहरूलाई गोडामा नभई घाँटी र छाती ताकेर गोली चलाइएकाले यो नरसंहार भएको आरोप लगाएकी छन् । 
 

सीआईएसएफले आफूमाथि भीडले आक्रमण गरेपछि प्रतिरक्षाका लागि फायर खोलेको जनायो । 
 

सीआईएसएफका अनुसार, बिहान साढे ९ बजेतिर बूथ नं १२६ नजिक सीआईएसएफको क्विक रियाक्सन टीमलाई ५० देखि ६० जनासम्मको भीडले आक्रमण गरेको थियो । स्थानीय प्रहरीसँग मिलेर सीआईएसएफका जवानले राउन्ड लगाइरहेका थिए । मतदाताहरूलाई मतदान केन्द्रसम्म पुग्न नदिनका लागि प्रयास गरिरहेका तत्त्वहरूलाई उनीहरूले रोक्ने प्रयास गरेका थिए ।’
 

सीआईएसएफले अस्तव्यस्त स्थिति भएपछि एक बालक लडेको र भीडले सीआईएसएफ टोलीको गाडी तोडफोड गरेको र जवानहरूलाई आक्रमण गरेको जनायो । 

घटना कूचविहारमा रहेको माथाभंगाको शीतलकुची मतदान केन्द्रमा भएको हो । भीडले केन्द्रीय सुरक्षाबललाई आक्रमण गरेपछि फायर खोलेको र चारजना मारिएको बताइएको छ । 

केन्द्रीय सुरक्षाबलहरूको आचरणका विषयमा आफूले चिन्ता व्यक्त गरेको र डर व्यक्त गरेको कुरा सही भएको ममता बनर्जीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्