०८ असार २०८३, सोमबार

भारत : कोरोनाको खोप लगाउन गएको, रेबिजको सुई लगाएर पठाइदिए

चैत २९, २०७७
भारत : कोरोनाको खोप लगाउन गएको, रेबिजको सुई लगाएर पठाइदिए

भारतको उत्तर प्रदेशमा रहेको शामलीमा रहेको कांधला सामुदायिक स्वास्थ्य केन्द्रमा तीनजना वृद्ध महिलालाई कोरोना खोपको साटो रेबिजविरुद्धको सुई लगाएर पठाएको अनौठो घटना सार्वजनिक भएको छ । 

रेबिजको सुई लगाइएकी एक वृद्धाको अवस्था गम्भीर भएको बताइएको छ । 

स्वास्थ्य केन्द्रको यस्तो लापरवाहीपछि पीडितका परिवारले हंगामा मच्चाएका थिए । 

पीडित महिला अनारकलीले रेबिजको सुई लगाएपछि आफूलाई चक्कर आएको बताइन् । उनीहरूले आधार कार्ड पनि आवश्यक नभएको बताएर सुई लगाइदिएको उनले बताइन् । आधार कार्ड किन नचाहिने भनी सोध्दा उनीहरूले

यो त कुकुरले टोकेपछि लगाउने सुई हो भने । 

अर्की वृद्धालाई सुई लगाएपछि स्वास्थ्य बिग्रियो अनि चिकित्सककहाँ लगियो । चिकित्सकले स्वास्थ्य केन्द्रबाट आएको पुर्जा हेर्दा कोरोनाको खोप नभई रेबिजको सुई लगाएको थाहा पाए । 

त्यसपछि स्वास्थ्य केन्द्रमाथि कारवाहीको माग गर्दै परिवारहरूले हंगामा गरेका छन् । 

स्वास्थ्य केन्द्रका प्रभारी डा बिजेन्द्र सिंहले घटनाको जाँचबुझ गरेर दोषी कर्मचारीविरुद्ध कठोर कारवाही गर्ने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्