०४ असार २०८३, बिहीबार

लोपोन्मुख बोटेको घरमा गएर खाना खान पुगे प्रचण्ड

लोपोन्मुख बोटेको घरमा गएर खाना खान पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोपोन्मुख बोटे जातीको घरमा पुगेर खाना खाएका छन् ।

गृहजिल्ला चितवन पुगेको समयमा प्रचण्डले आइतवार भरतपुर महानगरपालिका २२ स्थित एक बोटे अगुवाको घरमा खाना खाएका हुन् । 

भरतपुर महानगरकी मेयर रेणु दाहालसँग विकास निर्माणको अवलोकनपछि प्रचण्डले बोटे समुदायको घरमा पुगेर बिहानको खाना खाएका अखिल क्रान्तिकारीका नेता गोपाल कृष्ण न्यौपानेले जानकारी दिए । 

बोटेको घरको पेटीमा बसेर प्रचण्डले खाना खाएका थिए । प्रचण्ड आइतवार जिल्लाका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागि भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्