
काठमाडौं नयाँ बसपार्कमा मृत भेटिएका युवकको हत्या आरोपमा प्रहरीले दई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत महाराजगञ्जले घटनाको अनुसन्धानको लागि भन्दै होटलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेतलाई पक्राउ गरेको हो ।
मृतक स्याङजाका नारायण बहादुर घर्तीको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।