
चितवन घर भएका २८ वर्षीय सूर्य गुरुङको बिहीवार पोर्चुगलमा निधन भएको छ ।
मधुमेहबाट पीडित उनी केही समय अगाडि अस्पतालबाट डिस्चार्ज भएका थिए।
९ महिना अगाडि मात्रै माल्टा हुँदै पोर्चुगल आएका उनी मिलफोन्तोसमा भन्ने जग्गामा बस्दै आएका थिए।
परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनको शव नेपाल पठाउनको लागि आवश्यक आर्थिक सहयोग गरिदिन पोर्चुगलमा रहेका नेपाली समुदाय तथा संघ संस्थाहरु समक्ष उनका साथीहरुले अनुरोध गरेका छन्।
शव पठाउनका लागी एजेन्टहरूसँग सम्पर्क गर्नुपर्ने र सबै प्रक्रिया पुरा गर्दा कम्तिमा ३५ सय युरो अर्थात नेपाली ५ लाख रुपैयाँ खर्च हुने जानकारहरुले बताएका छन्।
उनले प्रयोग गरेको सामाजिक संजाल फेसबुकमा आफ्नो एक मात्र डेढ बर्षिय छोरीको सम्झनामा “मिस यू”भन्दै कैयौं पोस्टहरु गरेका थिए।