२९ जेठ २०८३, शुक्रबार

क्रियाशील सदस्यताको विवाद टुंगाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

क्रियाशील सदस्यताको विवाद टुंगाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमवार बस्दैछ ।

आजको बैठक मुख्यत पार्टीको महाधिवेशन तयारीको विषयमा केन्द्रीत रहने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो १ बजे बस्ने बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विषयमा छलफल हुँदैछ ।

केन्द्रीय समिति बैठकअघि आइतवार सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल भएको थियो । 

कांग्रेसले आगामी २०७८ भदौमा १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ। 

बैठकमा अन्य समसामयिक विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।

यसअघि गत २० गते शुक्रवार बसेको कांग्रेस बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको थियो ।

आफ्नै नेतृत्वमा सरकार गठनबारे कांग्रेसले माओवादी केन्द्र र जसपासँग छलफल गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्