
रुपन्देहीको बुटवलस्थित कोरोना विषेश अस्पतालमा सोमवार बिहान एकै दिन कोरोना भाइरस संक्रमणमा तीन जनाको मृत्यु भएको छ ।
रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीका गरी दुुई महिला र एक पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले लोकान्तरलाई जानकारी दिए ।
रुपन्देहीको तिलोत्तमा १ की ७१ वर्षिया महिला, अर्घाखाँची मालारानी गाउँपालिका ३ की ७९ वर्षिया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका ३ का ७९ वर्षिय पुरुषको मृत्यु तीन घण्टाको फरकमा मृत्यु भएको हो ।
ज्वरो, निमोनिया, स्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएका थिए ।