०५ असार २०८३, शुक्रबार

के कारणले भयो पश्चिम बंगालको कूचविहारमा रक्तपात ?

चैत ३०, २०७७
के कारणले भयो पश्चिम बंगालको कूचविहारमा रक्तपात ?

भारतको पश्चिम बंगाल राज्यमा रहेको कूचविहारमा शनिवार भएको रक्तपातका कारण तृणमूल कांग्रेस र भारतीय जनता पार्टीका शीर्ष नेतृत्वबीच दन्तबझान चलिरहेको छ । 

चौध वर्षका एक किशोर घाइते भएका कारण झैझगडा र रक्तपात भएको बताइएको छ । ती किशोरका मातापिता गरीब भएकाले उनको उपचारका लागि पैसा जुटाउन सकेका छैनन् । 
 

मिनल हक नामक ती बालक एक अस्पतालमा उपचार गराइरहेका छन् । उनी घाइते भएर अस्पताल भर्ना भएपछि केन्द्रीय सुरक्षाबल सीआईएसएफमाथि आक्रमण गरिएको र उनीहरूले आत्मरक्षाका लागि गोली चलाउँदा चारजनाको मृत्यु भएको बताइएको छ । 
 

मिनल आठ कक्षामा पढ्ने विद्यार्थी हुन् । शनिवार बिहान पौने १० बजेतिर उनी मतदान केन्द्रभन्दा ८०० मिटर पर रहेको एक सडकमा साथीहरूसँग खेलिरहेका थिए । त्यतिखेरै सुरक्षाबलहरू क्यूआरटी वाहनमा त्यहाँ आइपुगे । 

चुनावको दिन सडकमा खेल्नु ठीक हुन्न भन्ने लाग्यो अनि हामी त्यहाँबाट भाग्यौं । उनीहरूले हामीलाई लखेटे अनि हिन्दीमा प्रश्न गर्न थाले । मैले बोलेको उनीहरूले बुझेनन् क्यारे अनि लट्ठीले मेरो कम्मर र ढाडमा हिर्काए । मलाई बान्ता आयो अनि म भुइँमा ढलें,’ मिनलले अस्पतालको शय्याबाट बताए । 

उनका पिता मजिद मिया दैनिक ज्यालादारी गर्छन् । उनका अनुसार, केही स्थानीयहरू मिनललाई मद्दत गर्न दौडिए । उनीहरूले सुरक्षाकर्मीलाई यो यतैको केटो हो भने अनि उसलाई लिएर अस्पताल दौडिए । 

‘मेरो छोरो अस्पताल पुग्दा सुरक्षाबलहरूले उसलाई पिटेको कुरा फैलिसकेको थियो,’ मियाँले भने । उनीहरू अब गाउँ फर्किन पनि डर मानिरहेका छन् । 

‘मेरो छोरो मर्‍यो भन्ठानेर मानिसहरूले सुरक्षाकर्मीहरूमाथि आक्रमण गरेछन् । बेकारमा धेरैजनाको ज्यान गयो । हामी दोषी अनुभव गरिरहेका छौं,’ मिनलकी आमाले भनिन् । 

प्रहरीको सोधपुछ र राजनीतिक नेताहरूको आगमनबीच परिवारचाहिँ मिनलको उपचारका लागि संघर्ष गरिरहेको छ ।

‘चिकित्सकहरूले हामीलाई अस्पताल बाहिर स्वास्थ्य जाँच गर्न भनेका छन् तर हामीसँग पैसा छैन । अर्को राम्रो अस्पतालमा लग्नू भनी चिकित्सकहरूले भनिरहेका छन् तर हामीसँग एम्बुलेन्सलाई तिर्ने पैसा पनि छैन,’ पिताले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्