२८ जेठ २०८३, बिहीबार

सभामुखलाई एमाले सांसदको प्रश्न– एमसीसी संसदमा कति वर्ष लट्काउने हो ?

सभामुखलाई एमाले सांसदको प्रश्न– एमसीसी संसदमा कति वर्ष लट्काउने हो ?
फाइल फोटो

नेकपा एमालेका सांसद खगराज अधिकारीले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई तत्काल संसद्को बिजनेस बनाएर छलफलमा ल्याउन माग गरेका छन् । 

सोमवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद अधिकारीले एमसीसीलाई संसद्को बिजनेस बनाउन माग गरेका हुन् । 

‘अलि दुईचार वर्ष भयो सभामुख महोदय, एमसीसी, कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो । आज थन्को लागेर तपाईंसँग छ । अरू विषय कार्यव्यवस्थामा छलफल हुन्छ, एमसीसी राष्टिय हित अनुकूल बनाइन्छ सत्ता बाहिर हुँदा, सत्ताका लागि जुवाको खालमा राखेजस्तै । यो संसद्मा तीन वर्ष, चार वर्ष कति वर्ष लट्काउने हो ? एमसीसीलाई छलफलको विषय बनाइयोस् । तुरुन्त संसद्को बिजनेस बनाइयोस् भन्ने जोडदार माग गर्न चाहन्छु,’ अधिकारीले भने । 

कृष्णबहादुर महरा सभामुख रहेको समयमा सरकारले संसदबाट अनुमोदनका लागि एमसीसी संसद् सचिवालयमा दर्ता गरेपनि त्यसमाथि बहस हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्