०२ असार २०८३, मंगलबार

करेन्ट लागेर २ जनाको मृत्यु

चैत ३०, २०७७
करेन्ट लागेर २ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–९ शान्तिचोकमा सोमवार बिहान करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनकी पत्नी ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक प्रवक्ता जयश्वर रिमालले बताए ।

उनका अनुसार बिहान ९ बजे आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका पाख्रिन दम्पतीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक दम्पतीको शव हाल हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्