
पछिल्लो २४ घन्टामा ५ सय ५९ जनामा कोरोना संक्रमण भएको छ ।
५ हजार १ सय ५ पीसीआर तथा एन्टिजेन परिक्षणमा ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार, सोमवार ४ हजार ३ सय ७८ पीसीआर तथा ७ सय २७ एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये ४ सय ९६ जना पीसीआर परीक्षणका क्रममा र ६३ जना एन्टिजेन परीक्षणका क्रममा संक्रमित पाइएका हुन् ।
यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २ सय २४ पुगेको छ । जसमध्ये २ लाख ७४ हजार १ सय ६५ संक्रमित उपचारपछि निको भइसकेका छन् । सोमवार मात्रै १ सय ३८ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
सोमवार मुलुकभर कोरोना भाइरस संक्रमणबाट १३ संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ ।