राजधानीको नयाँ बसपार्क क्षेत्रमा आपराधिक कार्य गरेको आरोपमा प्रहरीले ३ जनालाई गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका निमा लामा, नुवाकोटका प्रकाश तामाङ र धादिङका विनोद लामा रहेका छन् ।
होहल्ला गरी उनीहरुले सर्वसाधारणलाई अश्लिल गाली गलौज तथा डर त्रास देखाएर अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।
यससम्बन्धी सूचना प्राप्त हुना साथ महानगरीय प्रहरी बृत्त महाराजगंजवाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि अभद्र व्यवहार गर्न नहुने सम्बन्धि कसुर मुद्धामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको काठमाडौं प्रहरीले जनाएको छ ।