११ साउन २०८३, सोमबार

दैनिक कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगन

दैनिक कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगन

प्रदेश–१ को प्रदेशसभाको आजको बैठक दैनिक कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको छ ।

    दिउँसो १ बजे सञ्चालन हुने भनिएको बैठक केही समय ढिला भएर अपराह्न २ बजे उपसभामुख सरस्वती पोखरेलले सञ्चालन गर्न खोज्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलका सांसदले सदनमा उभिएर विरोध जनाएपछि सदन स्थगन भएको उपसभामुख सरस्वती पोखरेलले जानकारी दिइन् ।

अर्को बैठक २०७८ वैशाख ५ गते दिउँसो १ बजे बस्ने उपसभामुख पोखरेलले सदनमा जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्