
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि बोकेर घरदैलौमा निस्किएका छन् ।
उनले सोमवार बुटवल-१२ मा रहेको ग्लोबल पिसपार्कमा आयुर्वेद ओखती र स्वास्थ्यलाभको कामनाको पत्र लिएर प्रमुख शिवराज सुवेदी पुगेका हुन् ।
सोमवार उनीसँगै वडाअध्यक्ष दुर्गा सुवेदी र बुटवलका शिक्षा, जनसंख्या र स्वास्थ्य महाशाखाका प्रमुख मित्रमणी खनाल र स्वास्थ्यकर्मी पनि पिसपार्कमा पुगेका थिए ।
पिसपार्कमा ६ जना संक्रमित आइसोलेशनमा रहेका छन् ।