
कुम्भ- आद्य साढेसातीयुक्त हजुरले यसवर्ष केही समस्याहरु सामना गर्नु पर्ला । वर्ष नराम्रा परिस्थितिबाट गुज्रन सक्नेछ । आफन्तजनमा शोक पर्न सक्ला । सामाजिक लाञ्छना लाग्न सक्ला । बोलीमा संयमित नभए कार्यालयमा शत्रु पक्ष मजबुत बन्ने देखिन्छ । नरम भएर सामना गर्दा अर्थपूर्ण रहला । अनावश्यक जिम्मेवारी आइलाग्दा बेलाबखत मन दु:खी रहनेछ । सरल ,सहज मिठास पूर्ण बोलीले असल मित्रहरु बन्नेछन् । स्वास्थ्य कमजोर रहला । व्यावसायिक रुपमा यो वर्ष सोचेअनुरुप सफलता नमिल्ला । महत्वकांक्षायुक्त योजना त्याग्दा नै यो वर्ष उचित रहला । साना साना काममा ध्यान दिएर अगाडि बढ्दा नै बुद्धिमता रहला । तीर्थको स्नान गर्नाले यो बर्ष रोकिएका काममा सफलता मिल्नेछ । सबैलाई बराबर हेर्दा विवादित हुनबाट बचिएला । एकल निर्णय दिनुबाट बच्नु होला । जीवनसाथीको निर्णयलाई एक कदम अगाडी राख्नु होला ।