कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
चैत ३१, २०७७
नेपालका सरकारी कार्यालयहरू कसरी भ्रष्टाचारको अखडा बनिरहेका छन् भन्ने कुरालाई थोरै पुरानो एउटा प्रकरणले पुष्टि गर्छ ।
घटना करीब २ वर्ष पुरानो हो, तर उक्त प्रकरणको भ्रष्टाचार मुद्दा विशेष अदालतमा अझै विचाराधीन अवस्थामा छ ।
गाविस सचिव, नेपाल दूरसञ्चार कार्यालयमा सहायक स्तरको कर्मचारी हुँदै यातायात व्यवस्था कार्यालयको लेखापाल नियुक्त भएका एक कर्मचारीले झण्डै सवा ५ करोड अकूत सम्पत्ति आर्जन गरे ।
हामीले यहाँ उल्लेख गर्न खोजेको प्रसंग हो– यातायात व्यवस्था कार्यालय इटहरी, सुनसरीका तत्कालीन लेखापाल सुरेश अधिकारीविरुद्धको भ्रस्टाचार मुद्दा ।
अवैध तरिकाबाट ५ करोड १० लाख ३३ हजार रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७६ वैशाख २३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
अझ रोचक कुरा त के भने– उनले चारजना श्रीमती राखेको, चारैजना श्रीमतीको नाममा जग्गा खरिद गर्ने, घर बनाउने, सवारी साधन खरिद गर्नेदेखि विलासिताका लागि मनोरञ्जनका सामानहरूमा अस्वाभाविक लगानी गरेको अख्तियारले गरेको अनुसन्धानमा भेटियो । त्यति मात्र होइन, सासूको नाममा, नातामा मामा पर्ने व्यक्तिको नाममा समेत सम्पत्ति खरिद गरेर राखेको भेटिएको थियो ।
उनले आफ्ना चार श्रीमती ३४ वर्षीया दुर्गा अधिकारी, ३० वर्षीया दीपा श्रेष्ठ, २५ वर्षीया सुस्मिता अधिकारी र २४ वर्षीया सोममाया श्रेष्ठको नाममा तराईका विभिन्न जिल्लामा महंगा स्थानमा जग्गा खरिद गरेर आलिशान घर बनाउने काममा लगानी गरेका थिए । सबै श्रीमतीका लागि छुट्टाछुट्टै करोडौंको घर, इन्टेरियर डिजाइनमा मात्र लाखौँ रुपैयाँको लगानीसहित २० लाख रुपैयाँको ६० तोला सुन नै खरिद गरेका थिए ।
त्यति मात्र होइन उनले सासू पुष्पकुमारी निरौला र नातामा मामा पर्ने बलराम शर्माको नाममा घरजग्गासहित चलअचल सम्पत्ति जोडेका थिए । २०६८ पुस १७ गते श्रीमती दुर्गा अधिकारीको नाममा दर्ता कायम रहने गरी मोरङको कञ्चनबारीको १८ धुर जग्गामा बनाएको घरको इन्टेरियर डेकोरेसनमा मात्रै ३७ लाख २८ हजार ८८ रुपैयाँ खर्च गरेका थिए ।
२०७० साल मंसिर २० गते सासू पुष्पकुमारी निरौलाको नाममा खरिद गरेको इटहरीस्थित ९ धुर जग्गामा २०७२ साल साउन २६ गते निर्माण सम्पन्न गरेको घरको इन्टेरियर डेकोरेसनमा ९२ लाख ३५ हजार २७३ रुपैयाँ खर्च भएको थियो ।
अर्की सासू सीताकुमारी श्रेष्ठ (श्रीमती दीपा श्रेष्ठकी आमा )को नाममा दर्ता कायम रहने गरी मोरङको कञ्चनबारीमा १ कठ्ठा जग्गा २० लाख ६० हजार रुपैयाँमा खरिद गरेका थिए ।
अधिकारीले आफ्ना सहयोगी राजेन्द्र उपाध्याय लुइँटेलमार्फत अस्वाभाविक रूपमा मामा नाता पर्ने बलराम शर्माको नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेको बा १५ च ६६६४ नम्बरको टोयटा जीप भने उनको श्रीमती सुस्मिताले प्रयोग गर्ने गरेकी थिइन् ।
उक्त गाडी सुस्मिताले माइतीघर भारतको जलपाइगुडी जिल्ला ओदलबारीमा राखेकी थिइन् । ना २ ख २२६१ नम्बरको ट्रक र टोयटाको उक्त फर्चुनर गाडी भने १ करोड ५९ लाख ८० हजार रुपैयाँमा अधिकारीले खरिद गरेका थिए ।
अधिकारीले आफ्ना सहयोगी राजेन्द्र उपाध्यायमार्फत बुवा ढुण्डीराज अधिकारीको नाममा रहेको बैंक खातामा ९९ लाख ९५ हजार रुपैयाँ नगद जम्मा गराएका थिए ।
नेपाल एसबीआई बैंकमा श्रीमती सोममायाको नाममा रहेको खातामा १० लाख हालेका थिए भने बालुवा रिक्सा व्यवसाय गर्ने साथीलाई मनोरञ्जनका लागि ८ लाख रुपैयाँ खर्च गरेका थिए ।
अन्य बैंक तथा वित्तीय संस्थामा श्रीमतीको खातामा ८ लाख २८ हजार ५२ रुपैयाँ हालेका थिए ।
चारवटी श्रीमतीका लागि २० लाख रुपैयाँमा ६० तोला सुन खरिद गरेका थिए । उनले आफ्नै घरमा मनोरञ्जनका लागि डान्सबार समेत सञ्चालन गरेका थिए ।
२०५९ सालदेखि विभिन्न ठाउँमा कार्यरत रहँदा कमाए अकुत सम्पत्ति
सुरेश अधिकारी २०५९ साल असोज १६ गते सरकारी सेवामा प्रवेश गरेका थिए । रोल्पामा गाविस सचिवको रूपमा जागिरमा प्रवेश गरेका उनले २०६० जेठ २५ गतेसम्म गाविस सचिवको रुपमा काम गर्दा उनको पारिश्रमिक बचत १८ हजार ४०० रुपैयाँ देखिएको थियो । त्यसपछि २०६० जेठ २६ गतेदेखि २०६५ चैत्र १९ गतेसम्म नेपाल दुरसञ्चार कार्यालयमा सहायक कर्मचारीको रूपमा काम गरेको उनको बचत २ लाख ५१ हजार ६७४ रुपैयाँ थियो । दूरसञ्चारमा कार्यरत रहँदा वार्षिक भत्ता, बोनस, प्रोत्साहन समेतको आय जोड्दा ५ लाख ६३ हजार ९२२ रुपैयाँ मात्र बचत देखिएको थियो ।
त्यसपछि २०६५ चैत्र ३० गते लेखापालमा नियुक्त भएका उनले २०६७ चैतसम्म लेखापालको रूपमा कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुरमा काम गरेका थिए । २०६७ चैतदेखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय इटहरीमा लेखापालको रूपमा काम गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट २०६५ चैत्र ३० देखि २०७४ वैशाख ६ गतेसम्म कर्मचारी सञ्चय कोषमा उनको बचत ३ लाख ५० हजार १७३ रुपैयाँ मात्र देखिएको थियो ।
राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जा २२ लाख ३३ हजार ५०० रुपैयाँ, जग्गा बिक्री गरेबापत भएको आम्दानी १ लाख ५ हजार रुपैयाँ, अंशमा प्राप्त नगद ५० लाख ५० हजार रुपैयाँ, नेपाल दुरसञ्चार कार्यालयमा १ हजार २८५ कित्ता खरिद गरेको साधारण शेयरबाट लाभांशबापत २ लाख ६२ हजार १३६ रुपैयाँ गरी कुल ८८ लाख ३४ हजार ८८५ रुपैयाँ मात्र आय आर्जन गरेको पाइयो ।
२०५९ असोज १६ गतेदेखि २०७५ वैशाख मसान्तसम्मको अधिकारीको आयव्यय तथा सिर्जित सम्पत्तिहरू उपर अख्तियारले विश्लेषण गर्दा उनले तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री, नगद अंश भर्पाइ, कर्जा लगायतबाट ८८ लाख ३४ हजार ८८५ रुपैयाँ मात्र आय आर्जन गरेको तथ्य भेटिएको थियो।
सोही अवधिमा अधिकारीले आफू र आफ्ना चार श्रीमती दुर्गा, दीपा, सुस्मिता, सोममाया तथा सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्माका नाममा चलअचल सम्पत्ति जोडेका थिए ।
जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात लगायतमा ५ करोड ९८ लाख ६८ हजार ५०८ रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको थियो।
अधिकारीको वैध आय ८८ लाख ३४ हजार ८८५ रुपैयाँको तुलनामा ५ करोड १० लाख ३३ हजार ६२३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट अधिकारीको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको थियो। वैध आयको तुलनामा स्रोत खुल्न नसकेको ५ करोड १० लाख ३३ हजार ६२३ रुपैयाँ गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा २०७६ वैशाख २३ गते मुद्दा दर्ता गरेको थियो । अधिकारीसहित उनका चारै श्रीमतीहरू, सासू र ममा नाता पर्ने बलराम शर्मा समेतलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार थुनछेक बहसका क्रममा मुख्य प्रतिवादी सुरेश अधिकारीलाई कारागारमा थुनामा पठाइयो भने बाँकी ६ जना प्रतिवादीहरूलाई साधारण तारेखमा रिहा गरिएको थियो। उक्त मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन अवस्थामा छ।
डिल्लीबजार कारागारका अनुसार निज अधिकारी २०७६ मंसिर २ गते सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका छन् ।
रिहा भएको जानकारीसहितको विशेष अदालतमा भने नआएको प्रवक्ता पाण्डेले बताए ।
यसरी कमाए अकुत सम्पत्ति– ६५ करोड राजश्व हिनामिना
अधिकारीले यातायात व्यवस्था कार्यालयमा लेखापालको पदमा कार्यरत रहँदा विभिन्न समयमा आउने कार्यालय प्रमुखदेखि लेखा अधिकृत, अन्य लेखापाल र कम्प्युटर अपरेटरहरूलाई समेत मिलाएर राजश्व संकलन गरी कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर राजश्व हिनामिना गर्ने गरेका थिए।
यातायत व्यवस्था कार्यालयमा हुँदा उनले विभिन्न आर्थिक वर्षमा राजश्व चुहावट गरेर ६५ करोड रुपैयाँ भ्रष्टाचार गरेका थिए। विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजश्वको रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गर्ने गरेका थिए।
आर्थिक वर्ष २०७४ मा मात्रै उनीविरुद्ध ६१ करोड रुपैयाँ राजश्व हिनामिनाको अरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। लेखापाल सुरेश अधिकारीले आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७२/०७३ सम्म तीन वर्षमा उक्त रकम हिनामिना गरेको आरोप छ। उनीसँगै उपसचिवहरू रमेशकुमार दाहाल, विष्णुकुमार पौडेल, लेखा अधिकृत कुमारबहादुर कटुवाल तथा लेखापालहरू अधिकारीसँगै देवराज नेपाल र रुद्र दाहालविरुद्ध मुद्दा दर्ता भएको थियो। अधिकारीले सबै कर्मचारीहरूलाई आर्थिक प्रभावमा पारेर राजश्व हिनामिना गरेको कुरा अख्तियारको अनुसन्धानबाट खुलेको थियो।
आर्थिक वर्ष २०७३/०७४ को २०७३ चैतदेखि २०७४ असार मसान्तसम्मको मात्रै राजश्व चुहावटको अनुसन्धान गर्दा संकलित राजश्व प्रचलित कानूनबमोजिम सम्बन्धित राजश्व खातामा दाखिला नगरी नगराई राजश्व हिनामिना गरेको भन्दै अख्तियारले २०७७ जेठ २५ गते विशेष अदालतमा राजश्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दा दर्ता गरेको थियो।
यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालविरुद्ध १ करोड ८ लाख २९ हजार ६९ रुपैयाँ, अर्का कार्यालय प्रमुख तीर्थराज लम्सालविरुद्ध ३ करोड ३० लाख ७९ हजार ३७३ रुपैयाँ, गोपाल थपलियाविरुद्ध ५६ लाख १२ हजार ५४७ रुपैयाँ, लेखा अधिकृत टीकाराम अधिकारीविरुद्ध १ करोड २५ लाख ४८ हजार ६ रुपैयाँ, लेखापाल सुरेश अधिकारीविरुद्ध ३ करोड ७२ लाख ४४ हजार ७५५ रुपैयाँ बिगोसहितको भ्रष्टाचार मुद्दा दर्ता भएको थियो। त्यसैगरी तत्कालिन लेखापाल रुद्रप्रसाद दाहालविरुद्ध ३ करोड ४८ लाख ९३ हजार २१६ रुपैयाँ, तत्कालीन लेखापाल अर्जुन भट्टराईविरुद्ध २ करोड १७ लाख ३२ हजार ४७३ रुपैयाँ, लेखापाल कृष्णप्रसाद कट्टेलविरुद्ध ७३ लाख ६२ हजार ४५५ रुपैयाँ, कम्प्युटर अपरेटर सुजन राईविरुद्ध २२ लाख ४४ हजार ३३६ रुपैयाँ, कम्प्युटर अपरेटर रोशन मस्रांगी मगरविरुद्ध ५ करोड ९४ लाख ९८ हजार ९३१ रुपैयाँ, कम्प्युटर अपरेटर रमेश पौडेलविरुद्ध ५ करोड ९४ लाख ९८ हजार ९३१ रुपैयाँ, कम्प्युटर अपरेटर भूमिराज अधिकारीविरुद्ध ५ करोड ९४ लाख ९८ हजार ३३१ रुपैयाँ, कम्प्युटर अपरेटर हरिमदन ढुंगेलविरुद्ध ५ करोड ९४ लाख ९८ हजार ९३१ रुपैयाँ, कम्प्युटर अपरेटर दीपेन्द्र कुमार मण्डलविरुद्ध १ लाख ४६ हजार ५२६ रुपैयाँ, कम्प्युटर अपरेटर मैयाकुमारी चापागाईंविरुद्ध २२ लाख ४४ हजार ३३६ रुपैयाँ र कम्प्युटर अपरेटर रविनकुमार विश्वासविरुद्ध ४५ हजार ४६१ रुपैयाँ राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरिएको हो ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...