भारतको बिहार राज्यमा रहेको गयामा मानवजातिलाई नै लज्जित तुल्याउने एउटा घटना भएको छ ।
एक दलित पुरुषलाई थुक चाट्न तथा पिसाब पिउन बाध्य बनाइएको भिडियो सार्वजनिक भएको छ ।
पञ्चायत निर्वाचनमा सरपञ्चलाई समर्थन गर्न नमानेकाले ती व्यक्तिलाई यस्तो अपमानजनक सजाय दिइएको दाबी गरिएको छ । सरपञ्चका आक्रोशित समर्थकहरूले उनलाई एउटा कोठामा थुनेका थिए र सजाय दिलाउनका लागि सरपञ्चसामु उभ्याएका थिए । उनीहरूले दलित पुरुषलाई समर्थन गर्न फेरि भने तर उनले अस्वीकार गरेपछि यातना दिए ।
सामाजिक सञ्जालमा सजायको भिडियो भाइरल बनिरहेको छ । पञ्चायत चलिरहेको बेलामा कैयौं मानिसले भुइँमा थुकेको अनि उनलाई त्यो चाट्न लगाइएको देखिन्छ ।
भाइरल भएको भिडियोको संज्ञान लिँदै गया प्रहरीले वजिरगञ्ज प्रहरी चौकीमा उजुरी दर्ता गरेको छ । गयाका एसएसपी आदित्य कुमारले ६ जना व्यक्तिलाई पक्राउ गरिएको बताएका छन् ।
This video is from #Bihar Gaya where uppercast forced Dalit to spit and lick #Irony pic.twitter.com/J3Dxj9xX1t
— Dilsedesh (@Dilsedesh) April 13, 2021