१६ असार २०८३, मंगलबार

फोहरी सन्देश पठाउने हाकिमलाई महिलाले ठटाइन् कुचोले (भिडियो)

साउन १४, २०७८
फोहरी सन्देश पठाउने हाकिमलाई महिलाले ठटाइन् कुचोले (भिडियो)

चीनमा एक महिला कर्मचारीले आफ्नो पुरुष हाकिमलाई कुचो (मोप) ले ठटाएको भिडियो भाइरल बनिरहेको छ । 

हाकिमले कैयौं दिनसम्म ती सरकारी कर्मचारीलाई अश्लील सन्देश पठाएका थिए । हैरान भएपछि महिलाले यस्तो कदम चालेकी हुन् । 
 

हेइलोङज्याङ प्रान्तको सरकारी कार्यालयमा घटना भएको हो । भिडियोमा महिलाले हाकिमलाई मोपले हिर्काएको, मुखमा पानी फ्याँकेको र किताब समेत उचालेर फ्याँकेको देखिन्छ । 

पिटाइ खाँदा हाकिम कुर्सीमा बसिरहन्छ अनि आफैंलाई बचाउने कोशिश गर्छ । महिलाले हाकिमलाई पिट्दै गर्दा बीचबीचमा फोनमा कुरा गरेको अनि हिँडेको पनि देखिन्छ । 

हाकिमले आफूलाई तीनपटक अश्लील सन्देश पठाएको र कार्यालयका अन्य महिला कर्मचारीसँग पनि फ्लर्ट गर्ने गरेको महिलाको आरोप छ । 

हाकिम चाहिँ त्यस्ता सन्देशहरू जोक मात्र भएको भन्दै प्रतिवाद गरेको सुनिन्छ । 

हाकिमको नाम वाङ हो र ऊ गरीबी निवारण आयोगको उपनिर्देशक हो । घटनापछि उसलाई बर्खास्त गरिएको छ । सामाजिक सञ्जालमा महिला कर्मचारीप्रति सहानुभूतिका सन्देशहरू आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्