०१ साउन २०८३, शुक्रबार

महन्थ ठाकुरले भने-म सरकारको विरोधमा छैन

बैशाख ३, २०७८
महन्थ ठाकुरले भने-म सरकारको विरोधमा छैन

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण नभएको बताएका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपाको साथ लिएर ओली नेतृत्वको सरकारलाई हटाउने तयारी गरिरहेका बेला ठाकुरले आफूले उठाएका मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक ढंगले अघि बढेको बताएका छन्।  

‘हामीले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ’, प्रधानमन्त्री ओलीसँग भेटेपछि जसपा अध्यक्ष ठाकुरले भने, ‘यही विषयमा छलफल गर्न आज (बिहीबार) भेट भएको हो।’ कुन प्रक्रिया र कसरी माग सम्बोधन गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी उनले दिए। आफू वर्तमान सरकारको विरोधमा नभएको प्रस्ट पार्दै भने उनले भने, ‘म यो सरकारको विरोधमा छैन।’  नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्