२७ असार २०८३, शनिबार

प्रदेश सभामा आज कर्णालीका मुख्यमन्त्री शाहीको बहुमत परीक्षण हुँदै

प्रदेश सभामा आज कर्णालीका मुख्यमन्त्री शाहीको बहुमत परीक्षण हुँदै

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका ठानिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शुक्रवार प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।

शुक्रवार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले नेपालको संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिँदैछन् ।

कर्णाली प्रदेश सभामा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद रहेका छन् ।

कर्णालीमा एमालेबाहेक अन्य दलसँग स्पष्ट बहुमत नपुग्ने भएपनि मुख्यमन्त्री शाहीले एमालेका केही सांसदको समर्थन पाउने आशा गरेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ ।

शुक्रवार दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्