३१ असार २०८३, बुधबार

बलात्कार प्रयास गर्ने लोकेन्द्र साउँद पक्राउ

बैशाख ३, २०७८
बलात्कार प्रयास गर्ने लोकेन्द्र साउँद पक्राउ
प्रतिकात्मक तस्वीर

हुम्लाको सर्केगाड गाउँपालिकाका १ महिलालाई बलात्कार प्रयास गर्ने दार्चुलाको लेकाम गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र साउँदलाई प्रहरीले पक्राउ गरेको छ ।

गत चैत २९ गते सर्केगाड–३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा साउँदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए ।

‘पीडित महिला घर नजिकैको जंगलमा स्याउला लिन गएको समयमा जबरजस्ती गर्न खोजेको भन्दै २०७७ चैत ३० गते पीडितले नै जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएपछि पक्राउ गरिएको हो,’ प्रहरी प्रमुख शर्माले भने, ‘उनीविरुद्ध कानूनबमोजिम कारवाहीका लागि प्रक्रिया अघि बढ्छ ।’ 

स्याउला बोकेर घर फर्किँदै गरेकी पीडितलाई साउँदले जबरजस्ती गर्न खोजेपछि पीडित महिलाले ठूलो स्वरमा चिच्याएपछि मात्रै त्यस क्षेत्र आसपासमा रहेका अरु महिलाले थाहा पाएर बचाएको आफन्त माङ्ली फडेराले जानकारी दिइन् । आफन्त फडेराका अनुसार पीडितले ठूलो आवाजमा चिच्याउँदा साउँदले झन् दाँतले गालामा टोकेको र अगाडिबाट ढुंगाले टाउको फुटाएर रगताम्मे बनाएको अवस्थामा आफूहरूले बचाएको फडेराले बताए ।

हाल आरोपित अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेको प्रनाउ शर्माले जानकारी दिए । पीडितविरुद्ध जबरजस्ती करणी उद्योगमा बिहीवार मुद्दा दर्ता भएको छ । महिलाको चैत ३० गते सर्केगाडको साया स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण भएको सोही स्वास्थ्य चौकीका इन्चार्ज किरण बुढाथोकीले जानकारी दिए ।

सर्केगाडको साया स्वास्थ्य चौकीमा टाउकोमा ३ टाका लगाएकी पीडित महिलाको चैत ३१ गतेदेखि थप उपचार भइरहेको जिल्ला अस्पतालका डा. अमित विष्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्