२९ असार २०८३, सोमबार

बंगालमा कम्युनिस्टहरूको लाल सलामबाट जय श्रीरामसम्मको यात्रा

बैशाख ३, २०७८
बंगालमा कम्युनिस्टहरूको लाल सलामबाट जय श्रीरामसम्मको यात्रा

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीले वामपन्थी कार्यकर्ता र नेताहरूलाई स्थान दिन थालेको छ । 

बंगालमा ममता बनर्जीको तृणमूल कांग्रेसले वामपन्थीहरूलाई सफाया गरेपछि वैचारिक सैद्धान्तिक शून्यताको स्थिति छ । खासमा तृणमूलको आफ्नै सिद्धान्त केही पनि छैन । 
 

वामपन्थीहरूसँग मार्क्सवादको बलियो वैचारिक धरातल थियो । तर वामापन्थीहरूको पतनपछि उनीहरूका जुन नेता तृणमूलमा गए, तिनीहरू वैचारिक लगावका कारण गएका थिएनन् । राजनीतिमा सान्दर्भिक रहिरहनका लागि गएका थिए । 

वामपन्थ अप्रासंगिक भएपछि भाजपाले हिन्दूत्व र राष्ट्रवादको बलियो विचारधारामा पश्चिम बंगालमा बिगुल बजायो । 

हुँदाहुँदा अब वामपन्थीहरू पनि भगवानको शरणमा पर्न थालेका छन् । केरलका वामपन्थी मुख्यमन्त्री पिनाराई विजयनले मतदानको दिन सबरीमालाका भगवान् वामपन्थीहरूसँग रहेको बताए । नास्तिकहरूले यसरी भगवानलाई पुकार्नु पनि भाजपाको एजेन्डाको जीत मानिएको छ । 

ममता बनर्जीले गरीबगुरुवाको पक्षमा रही वामपन्थीहरूसँग सीधा टक्कर लिएर सन् २०११ मा सत्ता सम्हालेपछि केन्द्रसँग झगडा गर्न थालिन् । सन् २०१४ मा नरेन्द्र मोदी केन्द्रको सत्तामा आएपछि त झन् ममता उग्र हुँदै गइन् । यसबीचमा ममताले लिएका कतिपय निर्णयहरू मुस्लिम तुष्टीकरण भन्दै भाजपाले विरोध गरेको छ । 

यसरी एक धर्मलाई प्रोत्साहन गरी निम्न वर्गलाई बेवास्ता गर्न थालेपछि वाम दलहरूबाट ममताको पार्टीमा आएका नेता र कार्यकर्ता ठगिएको अनुभव गर्न थाले । लेफ्ट अप्रासंगिक भएकाले असन्तुष्ट वामपन्थीहरूका लागि जाने ठाउँ नै भएन । 

त्यसपछि भाजपाले पश्चिम बंगालमा द्रुत गतिमा भोट प्रतिशत बढाउँदै लग्यो र वैचारिक प्रभाव पनि कायम गर्न थाल्यो । अनि भाजपाले वामका असन्तुष्ट नेताहरूका लागि पनि ढोका खोलिदियो । 

सन् २०१९ मा मोदीलाई रोक्नका लागि फेडरल फ्रन्टका नाममा लेफ्ट र तृणमूलले गठबन्धन गरे । सीट बाँडफाँड हुन नसके पनि तृणमूल र लेफ्टबीच कुनै भेद बाँकी रहेन । 

त्यसले वैचारिक प्रतिबद्धता भएका लेफ्ट कार्यकर्तालाई ठेस पुग्यो । वामपन्थीहरूलाई सिध्याउने प्रण गरेकी ममताले पछि उनीहसँग मिल्न जाँदा उनलाई हराउनुपर्ने मानसिकतामा सक्कली वामपन्थीहरू पुगे । अनि उनीहरू भाजपासँग हात मिलाउन पुगे ।
 

salt training

कमेन्ट गर्नुहोस्