×

NMB BANK
NIC ASIA

यी हुन् गुरु मुमताज अली खान, प्रवचन सुन्न लाग्छ भीड

बैशाख ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

निधारमा लामो टीका लगाएका अनि गेरुवस्त्र लगाएर धुनी जगाएर बसेका श्री एम कुम्भमेलामा आएका अन्य योगीहरू जस्तै देखिन्छन् । 

Muktinath Bank

बैरागी क्याम्पमा उनी उपनिषद् तथा भगवद्गीताको प्रवचन दिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्री एमको वास्तविक नाम मुमताज अली खान हो र केरलाको मुसलमान परिवारमा जन्मेका थिए । 
 


Advertisment
Nabil box
Kumari

कुम्भमेलामा पनि आफ्नै अखडा योगधाम बनाएका छन् । त्यहाँ दिनहुँ धर्मशास्त्रको प्रवचन, साधुसेवा र भजनकीर्तन गरिन्छ । 

Vianet communication
Laxmi Bank

ईश्वरका विभिन्न नाम छन्– अल्लाह, क्राइस्ट, कृष्ण तथा अन्य । नाम फरक फरक भए पनि ईश्वर एक हुन् । यो ज्ञान हामीले प्राप्त गरेपछि हामी सबै एउटै कुरा खोजिरहेका छौं भन्ने थाहा पाउँछौं,’ मन्द मुस्कान सहित उनी बताउँछन् । 

परोपकारी तथा आध्यात्मिक कामका लागि पोहोर साल पद्मभूषण प्राप्त गरेका श्री एमको संस्था सत्संग फाउन्डेसनले आन्ध्र प्रदेशको मदनपल्लेमा गरीबगुरुवाका लागि विद्यालय र क्लिनिक सञ्चालन गर्छ । 

श्री एमको कथा रमाइलो छ । तिरुवनन्तपुरममा एक समृद्ध परिवारमा जन्मेका उनी बालककालदेखि नै योगप्रति आकर्षित भएको बताउँछन् । 

उन्नाईस वर्षको उमेरमा उनी घरबाट भागेर गुरुको खोजीमा हिमालय पुगेका थिए । ऋषिकेशबाट बदरीनाथसम्म ३०० किलोमिटर उनी साधुको भेषमा पैदलै हिँडेका थिए ।

उनले बदरीनाथभन्दा पर एक गुफामा हिमालयका योगीलाई भेटेका थिए । उनलाई नाथ सम्प्रदायमा दीक्षित गरियो जसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि दीक्षित छन् । 

उनी आफ्ना गुरुका साथ तीन वर्षसम्म हिमालयका विभिन्न क्षेत्र घुमे । त्यसक्रममा गुरुले उनलाई प्राचीन धर्मशास्त्र सिकाएका थिए । 

उनी अहिले योगसूत्र, उपनिषद् तथा अन्य वेदान्तका ग्रन्थको ज्ञानका साथै आफ्नो अनुभव पनि बाँड्ने गर्छन् । 

कुम्भ मेलामा उनको प्रवचन सुन्न ठूलै भीड उपस्थित भएको देखिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x