०४ साउन २०८३, सोमबार

रुरु हाइड्रोको आईपीओ बाँडफाँट, ३७ हजार ९ सय १६ ले पाए शेयर

रुरु हाइड्रोको आईपीओ बाँडफाँट, ३७ हजार ९ सय १६ ले पाए शेयर

रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान रुरु जलविद्युत् परियोजनाले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले गत चैत २० गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा १६ लाख ८३ हजार १२१ आवेदकबाट रु दुई दुई करोड ३५ लाख ४६ हजार ४४० कित्ताको लागि आवेदन परेको थियो ।

आवेदन दिएकामध्येबाट योग्य कायम भएका १५ लाख ९० हजार ८९६ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ ।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ९१६ लगानीकर्ताले दश कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए ।

रीतपूर्वक आवेदन दिएकामध्ये पनि १५ लाख ५२ हजार बढीको हात खाली भएको छ ।

प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको कम्पनीले अङ्कित मूल्यमा रु २० प्रिमियम थप गरेर प्रतिकित्ता रु १२० मा शेयर बिक्री गरिएको थियो ।

कम्पनीले चार लाख सात हजार ७०६ कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो । यसमध्ये आठ हजार १५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।

यसअघि गत फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि चार लाख सात हजार ७०५ कित्ता शेयर निष्काशन गरेको थियो ।

आईपीओको नतिजा मेरो शेयर, सीडीएसले आईपीओ नतिजाको लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्