२९ असार २०८३, सोमबार

अमेरिकाले प्रतिबन्ध लगाएपछि रुसले भन्यो– कडा जवाफ फर्काउँछौं

बैशाख ३, २०७८
अमेरिकाले प्रतिबन्ध लगाएपछि रुसले भन्यो– कडा जवाफ फर्काउँछौं

रुसले साइबर आक्रमण तथा अन्य शत्रुतापूर्ण गतिविधि गरेको भन्दै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको छ र १० जना कूटनीतिकर्मीलाई देशबाट निकालेको छ । 

रुसको हानिकारक विदेशी गतिविधिलाई रोकथाम गर्नका लागि यो प्रतिबन्ध लगाइएको ह्वाइट हाउसको कथन छ । 

पोहोर साल सोलरविन्ड्सको ह्याकिङमा रुसको गुप्तचर निकाय संलग्न रहेको ह्वाइट हाउसले जनाएको छ । 

अनि अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पनि रुसले हस्तक्षेप गरेको आरोप छ । 

रुसले यी सबै आरोपलाई अस्वीकार गर्दै यसको कडा जवाफ फर्काउने बताएको छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले बिहीवार एक आदेश जारी गरेर यी प्रतिबन्धहरूको विवरण दिएका छन् । रुसका ३२ अधिकारी र अन्य मानिसमाथि कारवाही गरिएको उल्लेख छ । 

मंगलवार मात्र बाइडनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग बैठक गरेर अमेरिकाको राष्ट्रिय हितलाई दृढतापूर्वक रक्षा गर्ने बताएका थिए । यसका साथै उनले पुटिनसँग बैठक गर्ने प्रस्ताव पनि राखेका थिए । त्यस बैठकमा दुवै देश मिलेर काम गर्न सकिने विषयको पहिचान गरिने प्रस्ताव थियो । 

बिहीवार बाइडनले रुसविरुद्ध प्रतिबन्ध लगाउने निर्णयलाई आनुपातिक संज्ञा दिए । 

उनले भने, ‘हामीले यसभन्दा बढी कठोर कदम चाल्न सक्थ्यौं भनी मैले पुटिनलाई बताएँ । तर म रुससँग तनाव र संघर्ष बढाउने सिलसिला शुरू गर्न चाहन्नँ ।’

वार्ता तथा कूटनीतिक प्रक्रियामार्फत अबको बाटो हिँड्ने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्