
अमेरिका र चीनका वैज्ञानिकहरूले बाँदर र मानिसको हाइब्रिडको भ्रूण प्रयोगशालामा बनाउन लागेपछि नैतिक प्रश्नहरू उठेका छन् ।
साल्क इन्स्टिच्युटका विज्ञहरूले बाँदरको भ्रूणमा मानिसको स्टेम सेल राखेका थिए । यो हाइब्रिड २० दिनसम्म बढेको थियो ।
यस परीक्षणले विकासात्मक जीवविज्ञान तथा विकासक्रममा नयाँ जानकारी दिने अनि क्यान्सरको उपचारमा पनि सहयोगी हुने अनुसन्धाताहरूको भनाइ छ ।
मुख्य अनुसन्धाता हुआँ कार्लोस इज्पिसुआ बेलमोन्टेले निश्चित प्रकारका परीक्षणहरू मानिसमाथि गर्न नहुने भएकाले अर्धमानव हाइब्रिड बनाइएको बताए ।
तर यस अनुसन्धानमा संलग्न नरहेका वैज्ञानिकहरूले यसको नैतिक आयामको कुरा उठाएका छन् ।
अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जुलियन साभुलेस्कुले यो अध्ययनबाट दीर्घकालीन प्रश्नहरू उब्जेको बताए ।
साभुलेस्कु अनुसन्धान तथा अध्ययनको नैतिकताका विज्ञ हुन् ।
‘
यस अनुसन्धानले मानव र गैरमानव काइमेराको प्यान्डोराज बक्स खोलिदिन्छ,’ उनले भने ।
‘गैरमानव प्राणी मानसिक रूपमा मानव जस्तै हुन सक्छ ।’