०८ साउन २०८३, शुक्रबार
अप्रत्याशित नतिजा

कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाहीले जिते विश्वासको मत, एमाले सांसदले गरे फ्लोर क्रश

कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाहीले जिते विश्वासको मत, एमाले सांसदले गरे फ्लोर क्रश

एमालेबाट फ्लोर क्रश र नेपाली कांग्रेसको समर्थनका कारण कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको जोगिएको छ ।

शुक्रवार बसेको कर्णाली प्रदेश सभा बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको हो ।

माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सांसदको मत उनका लागि सुनिश्चित देखिए पनि एमालेबाट ४ मत चोर्न मुख्यमन्त्री शाही सफल भएका हुन् ।

एमालेले मुख्यमन्त्री शाहीको विश्वासको मतका विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो ।

हाल ३९ सदस्य कायम रहेको कर्णाली प्रदेश सभामा एमाले एक्लैका २० सांसद छन् ।

एमालेका सांसदको समर्थनविना शाही नेतृत्वको सरकार जोगिन सम्भव नै थिएन ।

salt training

कमेन्ट गर्नुहोस्