
देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
जसमा काठमाडौं उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रवारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । पछिल्लो समय थप २०८ जना निको भएका छन् ।
यससँगै निको हुनेको संख्या २ लाख ७४ हजार ८१२ रहेको छ । निको हुने दर भने ९७ दशमलव १ प्रतिशत रहेको छ ।
अहिले देशभर ५ हजार ८ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ६६ जना क्वारेन्टीनमा रहेका छन् । अन्य आइसोलेसनमा रहेका छन् ।
हालसम्म नेपालमा २३ लाख ३५ हजार ८५ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो समय कोरोनाका कारण ४ जनाको मृत्यु पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
हालसम्म ३ हजार ७० जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।