०३ असार २०८३, बुधबार

शरीरका यी ८ अंगमा कोठी भएका व्यक्तिसंग पैसा नटिक्ने

कात्तिक २०, २०७४
शरीरका यी ८ अंगमा कोठी भएका व्यक्तिसंग पैसा नटिक्ने

शरीरका अलग अलग भागमा आउने कोठीको फरक फरक अर्थ हुन्छ । ज्योतिष शास्त्रका अनुसार शरीरका केही यस्ता भागमा कोठीआएमा पैसा नटिक्ने विश्वास छ ।

थाहापाउनुस् शरीरका यी ८ अंगमा कोठी आएमा पैसा नटिक्ने सम्भावना बढी रहन्छ ।


बायाँ गालामा कोठी
बायाँ गालामा कोठी भएका व्यक्तिको आम्दानीको स्रोत थुप्रै हुने गर्छ । यस्ता व्यक्तिसँग पैसाको कमी नहुने तर पैसा बचत गर्न नसक्ने कारण आर्थिक समस्याबाट गुज्रिनुपर्ने हुन्छ ।

यस्ता व्यक्तिमा कमाएको पैसा सबै खर्च गर्ने बानी हुन्छ ।

चोर औंलामा कोठी
चोर औंलामा कोठी भएका व्यक्तिले आफ्नो जीवनको लामोसमयसम्म पैसा अभाव झेल्नुपर्ने हुन्छ ।

ओठमुनि कोठी
ओठमुनि कोठी भएका व्यक्तिले पैसा कमाउन हरप्रयास गरिएपनि आर्थिक समस्याबाट छुटकारा मिल्न गाह्रो हुन्छ ।

बायाँ हत्केलामा कोठी
बायाँ हत्केलामा कोठी आएका व्यक्ति अत्याधिक खर्चालु हुने गर्छन् । बायाँ हत्केलाको कोठी भनेकै खर्चालुको संकेत हो ।

बायाँ खुट्टामा कोठी
बायाँ खुट्टामा कोठी भएका व्यक्ति आफूले कति खर्च गर्छु भनेर ठम्याउन नसक्ने हुन्छ । पैसाको हिसाब नराख्ने कारण धेरैले यस्ता व्यक्तिलाई ठग्ने सम्भावना रहन्छ ।

बायाँ कोखामा कोठी
बायाँ कोखामा कोठी भएका व्यक्तिको जीवनमा विरामीको कारण पैसा धेरै खर्च हुने सम्भावना रहन्छ । उपचारमा बढी खर्च गरिरहनुपर्ने हुँदा यस्ता व्यक्तिमा पैसाको अभाव रहन्छ ।

बायाँ आइब्रोमाथि कोठी
बायाँ आइब्रोको माथि कोठी आएका व्यक्ति धेरै विलासी जीवन मनपराउने हुन्छ । आफ्नो लक्जरी लाइफका कारण यस्ता व्यक्तिले पैसा जोगाउन मुश्किल पर्छ ।

हत्केलामा कोठी
हत्केलामा गुरु पर्वतको ठाउँमा कोठी हुने कारण जीवनमा पैसा अभाव हुने विश्वास छ । विवाहपछि पनि आर्थिक समस्याको झेल्नुपर्ने बाध्यता आइपर्छ । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्