२५ असार २०८३, बिहीबार

कामाडौँको होटलमा बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ

कामाडौँको होटलमा बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ

बालिकालाई कामाडौँको एक होटलमा काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनलाई एक महिलाले होटलमा ल्याएर जिम्मा दिएको र शुरुमा वेटरमा राखेपछि पछि वेश्यावृतिमा लगाएको प्रहरीले आरोप लगाएको छ । उनले शुरुमा होटलका ग्राहकसँगै बसेर खाना खाने र जबरजस्ती यौनसम्बन्ध राख्न लगाई पैसा असुल्ने तथा त्यो पैसा पनि नदिएर श्रम शोषणसमेत गरेकाले कानूनबमोजिम कारवाही गरी पाउँ भनी परेको जाहेरीका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले आज एक सूचना जारी गरी जनाएको छ । उनका विषयमा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्