०९ साउन २०८३, शनिबार

एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको राजश्व छली, पाँच जनाविरुद्ध मुद्दा

एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको राजश्व छली, पाँच जनाविरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक रेखादेवी दाससहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । 

    विभागका अनुसार उनीहरुले रु एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको राजश्व छली गरेको पाइएको छ । उक्त फर्मका सञ्चालक दाससमेत भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठले आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोटल लोड गरी बोटलमाथि पोतको भन्सार तिरेको निस्सा बनाएको पाइएको छ । 

    राजश्वमा हानी नोक्सानी पु¥याउने ध्येयका साथ गलत कागजात तयार पारी ठगी गरेको पाइएको छ । उनीहरुले भन्सार शुल्क रु ११ लाख ३५ हजार ८८७, मूल्यअभिवृद्धि कर रु ४६ लाख ७३ हजार २०४ र आयकर रु ५४ लाख ९६ हजार ४२३ गरी कूल रु एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको ठगी गरेको अभियोग लागेको छ । 

    विभागले सवारी चालकद्वय सुदीप श्रेष्ठ र राजकुमार, भन्सार प्रतिनिधि श्रेष्ठ तथा व्यवसायी विकासलाल दासविरुद्ध समेत पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध बिगोअनुसार कारवाहीको माग गर्दै बिहीबार मुद्दा दायर गरिएको भए पनि आज जानकारी दिइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्