×

NMB BANK
NIC ASIA

त्रिकोणात्मक टि २० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक, पारसको स्थानमा सन्दीपले खेल्ने

बैशाख ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपाल क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै जर्मनीमा निर्मित सो ट्रफी सार्वजनिक गरेको हो । ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, मलेसियाका कप्तान फैज अहमद र नेदरल्याड्सका कप्तान पिटर सिलार उपस्थित थिए । नेपालले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेल नेदरल्याड्ससँग खेल्दै छ । डवल राउन्ड रोविनको आधारमा हुने उक्त प्रतियोगिता शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन् । फाइनल खेल यही वैशाख ११ गते हुने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा मल्ल बाहेक दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी र सुशन भारी रहेका छन् । क्यानका प्रबन्ध निर्देशक रौनक मल्लले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै सीमित दर्शकलाई मात्र मैदानमा दर्शकका रुपमा प्रवेश दिइने बताए । 


Advertisment
Nabil box
Kumari

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का घाइते भएपछि उनको स्थानमा सन्दीप जोरालाई खेलाइने भएको छ । खड्का आइतबार अभ्यासको क्रममा घाइते  भएका थिए । उनी खेल्न असमर्थ भएपछि युवा खेलाडी जोरालाई टोलीमा समावेश गरिएको क्यानले जनाएको छ । फिल्डिङ गर्नेक्रममा खड्काको काँधमा चोट लागेको थियो । चिकित्सकले खड्कालाई केही साता आराम गर्न सल्लाह दिएका छन् । जोराले सन् २०१९ मा यूएइविरुद्धको टि २० खेलमा डेब्यू गर्दै विश्व कीर्तिमान बनाएका थिए। उहाँनले उक्त खेलमा १७ वर्ष १०३ दिनको उमेरमा अविजित ५३ रन बनाएका थिए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x