२८ असार २०८३, आइतबार

हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना

हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना

शनिबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना समेत रहेको छ । 

यस्तै राति पनि पहाडी भूभागका एक  दुई  स्थानमा मेघगर्जन र असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

महाशाखाले अहिले भने देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको पनि प्रभाव रहेको र सूदुर पश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली तथा अन्य प्रदेशहरुको पहाडी भूभागमा आंशिक बादली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।  

salt training

कमेन्ट गर्नुहोस्