२३ असार २०८३, मंगलबार

पूर्वएआइजी राईको कृषि क्रान्ति

बैशाख ४, २०७८
पूर्वएआइजी राईको कृषि क्रान्ति

सेवानिवृत्त भएपछि अधिकांश उच्चपदस्थ सरकारी अधिकारी राजनीतिक नियुक्तिका लागि नेताको दैलो चहार्छन्। कपितय राजनीतिमा पनि होमिएछन्। तर नेपाल प्रहरीका एक पूर्वएआइजी सेवानिवृत्त जीवनलाई कृषि कर्ममा तल्लीन छन्। पूर्वी नेपालको भोजपुरमा जन्मिएका गणेश राई नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बाट सेवानिवृत्त हुन्।

सेवानिवृत्त भएपछि केही समय नयाँ शक्ति पार्टीमा लागेर उनले राजनीतिसँगै कृषि अभियानलाई अघि बढाए। राजनीतिमा निष्ठा र अनुशासन नभएपछि राई अहिले पूर्णरुपमा कृषि कर्ममा तल्लीन छन्।

किसान परिवारमा जन्मिएका राईले सेवानिवृत भएपछि खोटाङ र भोजपुरमा चियाखेती अघि बढाएका छन्। उनले सुरु गरेको चियाखेतीले व्यापकता पाएको छ।  

राई कृषि सहकारी संस्था स्थापना गरी चियाखेती, जडिबुटीसहित कृषिलाई व्यावसायिक बनाउन लागिपरेका छन्। उनको नेतृत्वमा स्थापना भएको थामडाँडा–टेम्के–सिलिचुंग कृषि सहकारी संस्थाले अभियानका रुपमा चियाखेती बिस्तार गरेको छ। राई उक्त सहकारीका अध्यक्ष हुन्। राई अधिकांश समय पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ पुग्छन्। ‘सेवानिवृत्त भएपछि मुलुकका लागि केही गरौं भन्ने हुटहुटी थियो,’ राईले भने, ‘आफ्नै जन्मभूमिमा योगदान पुर्‍याउन चियाखेती अघि बढाएको हुँ।’  

उनले बाँझो सरकारी र निजी जमिन उपयोग गरी भोजपुर र खोटाङमा चियाखेती सुरु गरेका हुन्। उक्त सहकारीमार्फत दुई जिल्लामा १५ सय रोपनी क्षेत्रफलमा चियाका बिरुवा लगाइएको छ। अहिलेसम्म २० वटा बगानमा करिब १६ लाख बिरुवा रोपिएको छ। ‘यो वर्ष थप चार लाख बिरुवा रोप्ने लक्ष्य छ,’ राईले भने। नागरिक दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्