२२ असार २०८३, सोमबार

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : कोरोना महामारीको साझा समस्यामा एकजुट बनौं

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : कोरोना महामारीको साझा समस्यामा एकजुट बनौं

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा शुरू भएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठकमा एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि शुरू भएको बैठकमा ओलीले कोरोना भाइरस संक्रमणको महामारी साझा समस्याका रूपमा देखिएकाले एकजुट भएर लड्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि बैठकमा सहभागी नेताहरूसँग सुझाव समेत मागेका छन् । 

बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत केही नेता सहभागी छैनन् ।

सर्वदलीय बैठकका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण लगायतका सहभागी छन् ।

सर्वदलीय बैठकमा कुरा राखेर सरकारले संसदको हिउँदे अधिवेशन टुंग्याउने तयारी गरेको छ । फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलो पटक सर्वदलीय बैठक बसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्