१७ असार २०८३, बुधबार

शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

बैशाख ४, २०७८
शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन
प्रतिकात्मक तस्वीर

बाँकेमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आईसीयू र आइसोलेसन सञ्चालन गरेको छ ।

कोरोना संक्रमणको दर र मृत्युु दर तीब्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शय्याको आईसीयु तथा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना संक्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्