२६ असार २०८३, शुक्रबार

‘संसदले जे काम गर्नुपर्ने हो त्यो भएन, सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन्’

‘संसदले जे काम गर्नुपर्ने हो त्यो भएन, सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले सरकारलाई सहयोग नगरेको आरोप लगाएका छन् ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा ओलीले सभामुख अग्नि सापकोटाले अराजक काम गरिरहेको आरोप लगाए ।

‘संसदमा सभामुखले काम गर्न दिएनन्, संसदले जे काम गर्नुपर्ने हो त्यो गरेन भनेर प्रधानमन्त्रीज्यूले गुनासो गर्नुभयो,’ बैठकको बीचमै बाहिरिएका राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले भने, ‘संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन् भनेर उहाँले राख्नुभयो ।’

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनमा सहयोग नगरेकोमा सभामुखप्रति ओलीको आक्रोश थियो ।  

प्रधानमन्त्री ओलीले कोभिडको समस्याबारे समेत सुझाव मागेका लोहनीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्