
तालिबान लडाकू समूहले सुरक्षा चौकीमा गरेको आक्रमणमा परी सरकार समर्थक ४ लडाकूको मृत्यु भएको छ ।
अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकानमा सो आक्रमण भएको प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल खालिल आसिरले बताए ।
तालुकान शहरको बाहिरी इलाकामा रहेका प्रहरी जाँच चौकीमा तालिबान लडाकू समूहले गरेका आक्रमण परी ४ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य ५ घाइते भएका प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।
स्थानीय समय अनुसार शनिवार बिहान १ बजे आक्रमण भएको थियो ।
आक्रमणको क्रममा तालिबान लडाकू समूहतर्फ पनि हताहत भएको तर यसको यकीन संख्या भने प्रष्ट नभएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
तर एक सुरक्षा अधिकारीले नाम नबताउने शर्तमा यस आक्रमणको क्रममा ३ तालिबान लडाकू पक्राउ परेका र ती मारिनुको साथै अन्य ३ घाइते भएका बताएका छन् । तालिबानले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।– रासस/सिन्ह्वा