
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न आह्वान गरेकी छन् ।
शनिवार सामाजिक सञ्जाल ट्विटरमार्फत सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले केही समययता संक्रमणको जोखिम बढेको बताइन् ।
राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘कोभिड–१९ महामारीविरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रणउन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाइका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु ।’
कोभिड–१९ महामारी विरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रण उन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु।
— Bidya Devi Bhandari (@PresidentofNP) April 17, 2021