१६ असार २०८३, मंगलबार

अवैध लागूऔषधसहित मेडिकल सञ्चालक पक्राउ

बैशाख ४, २०७८
अवैध लागूऔषधसहित मेडिकल सञ्चालक पक्राउ
प्रतिकात्मक तस्वीर

उदयपुरको बेलका नगरपालिका–१ आम्बासीमा एक पोलिक्लिनिक सञ्चालन गर्दै आएका मेडिकल सञ्चालक लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रवार रातको १२ः०० बजे सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरी घर भई बेलकाको आम्बासीमा मेडिकल सञ्चालन गर्दै आएका २६ वर्षीय सुबोध यादव लागूऔषधसहित पक्राउ परेका हुन् ।

यादवले औषधि पसल सञ्चालन गर्ने नाममा लागुऔषध कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरीले कार्यालय बेलका रामपुरले यादवको पोलिक्लिनिक प्रालिमा छापा मार्दा लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क्लिनिकमा छापा मार्दा ट्रमाडोल हाइड्रोक्लोराइड १५० ट्याब्लेट, डाइमाइसो माइन ५२५ ट्याब्लेट, स्लाइन डिवाफिल–डी ३२५ र जुनग्रारेड ५० ट्याब्लेटसहित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद १ लाख १७ हजार रुपैयाँ र १ मोबाइल समेत बरामद गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्