१६ असार २०८३, मंगलबार

सेती नदीमा बगेर १ जना बेपत्ता

बैशाख ४, २०७८
सेती नदीमा बगेर १ जना बेपत्ता
प्रतिकात्मक तस्वीर

सेती नदीमा नुहाउने क्रममा बगेर शनिवार दिउँसो १ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा जिल्लाको सायल गाउँपालिकाका करीब ३०/३१ वर्षीय सूर्यबहादुर बोगटी रहेका छन् । 

दिपायल सिलगढी नगरपालिका–४ पिपल्लास्थित सेती नदीमा नुहाउने क्रममा बोगटी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपसिंह थापाले जानकारी दिए ।

बागटीले लगाएको कपडा नदीको किनारामा भेटिको तर उनी अहिलेसम्म पनि भेटिएका छैनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले उनको खोजी गरिरहेका छन् । नदीमा पानीको बहाव बढी भएका कारण खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

गर्मी बढेका कारण उक्त नदीमा नुहाउन जानेको संख्या बढ्दै गएकाले गत चैतमा नदीमा पौडी खेल्दा १ जना डुबेर मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्