२१ असार २०८३, आइतबार

सार्वजनिक सेलाई उत्कृष्ट बनाउन १० वर्षे रणनीति योजना तयार

बैशाख ५, २०७८
सार्वजनिक सेलाई उत्कृष्ट बनाउन १० वर्षे रणनीति योजना तयार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सक्षम सङ्घीयता, सुदृढ र जनउत्तरदायी सार्वजनिक प्रशासन निर्माण गर्ने उद्देश्यले १० वर्षे रणनीतिक योजना तयार गरेको छ । स्थानीय तहको सबलीकरण तहगत अन्तरसम्बन्धको सुदृढीकरण, व्यावसायिक, सदाचारिता उत्प्रेरित कर्मचारी तन्त्रको विकास गर्दै सार्वजनिक सेवा प्रवाहलाई उत्कृष्ट बनाउन १० वर्षे रणनीतिक योजना बनाइएको हो । 
यो कार्ययोजना कार्यान्वयनमा आइसकेको छ । १० वर्षे रणनीतिक योजनामा स्थानीय तहको संस्थागत क्षमता विकास, सङ्घ, प्रदेश र स्थानीय तहका एकल र साझा अधिकार कार्यान्वयनमा सङ्घीय एकाइबीच प्रभावकारी कार्यान्वयन र सहजीकरण गर्ने उल्लेख गरिएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले सार्वजनिक प्रशासनमा सदाचारिता, व्यावसायिक र जनउत्तरदायी जनशक्ति ल्याउने, विकासको उपयोग सुनिश्चितता, दिगो, सन्तुलित स्थानीय पूर्वाधार विकासका लागि नीति, कानुन एवं मापदण्ड निर्माण गर्ने उद्देश्यले रणनीतिक योजना निर्माण गरिएको बताए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्