
निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त एक सदस्यको निर्वाचन जेठ पहिलो साता गर्न प्रस्ताव गरेको छ ।
माओवादीले आफ्नो दलबाट निर्वाचित राष्ट्रियसभा सदस्य सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेपछि सो पद रिक्त छ ।
संघीय सचिवालयले आयोगलाई एक पद रिक्त भएको जानकारी गराएपछि आयोगले मिति तोक्ने प्रक्रिया अघि बढाउन सोमबार गृह मन्त्रालयलाई पत्राचार गरेको खबर कान्तिपुरमा छापिएको छ।