कोरोनाकालमा इम्युन सिस्टमलाई बलियो बनाउन सबैले अनेक तरिका अपनाइरहेका छन् । नीम यसका लागि उपयोगी वनस्पति हो ।
नीममा विभिन्न किसिमका औषधीय गुणहरू हुन्छन् । यो एक बलियो एन्टीअक्सिडेन्ट हो र यसले फ्री र्याडिकलहरूको प्रभावलाई घटाउँछ ।
विज्ञानले नीमलाई इम्युनोमोडुलेटरका रूपमा चिन्छ । यसले रोगप्रतिरोधक क्षमतालाई स्वनियमन गर्छ । नीमका पातमा एन्टीमाइक्रोबियल, एन्टीभाइरल र एन्टीअक्सिडेन्ट गुण हुन्छन् ।
अनि यसले आन्द्रामा भएको खराब ब्याक्टेरियालाई हटाएर पेट सफा बनाउँछ । छालालाई पनि यसले राम्रो बनाउँछ ।
आयुर्वेदका अनुसार, नीमको सेवन चिनी वा मिश्री मिसाएर गर्नुभयो भने इम्युनिटी बूस्टरको काम गर्छ ।
नीमले प्युरिफिकेसन थेरापीको पनि काम गर्छ ।
तीतो हुनाले धेरैजनालाई नीम खान मन लाग्दैन । तर बिहान खाली पेट नीम खाने गर्दा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ र शारीरिक विकार पनि हट्छ ।