३२ असार २०८३, बिहीबार

एमाले खनाल-नेपाल पक्षद्वारा ९ गतेको कार्यक्रम स्थगित

एमाले खनाल-नेपाल पक्षद्वारा ९ गतेको कार्यक्रम स्थगित
फाइल फोटो

बढ्दो कोरोना संक्रमण तथा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्धका कारण एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले वैशाख ९ गतेका लागि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।

उक्त समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलवार प्रेस विज्ञप्ति जारी गरी वैशाख ९ गतेका लागि प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रम स्थगित गरिएको जानकारी गराएका हुन् ।

कोरोना संक्रमण नफैलिएका जिल्लामा भने कार्यक्रमहरू यथावत रहेको विज्ञप्तिमा जनाइएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्