०२ साउन २०८३, शनिबार
अलमलमा माओवादी

सरकारलाई दिएको समर्थनबारे कुनै निर्णय नलिई सकियो माओवादी स्थायी कमिटी बैठक

सरकारलाई दिएको समर्थनबारे कुनै निर्णय नलिई सकियो माओवादी स्थायी कमिटी बैठक

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे निर्णय नगरी नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आजका लागि सकिएको छ ।

बैठकले सरकारलाई दिएको समर्थनबारे कुनै औपचारिक निर्णय नगरेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिए ।

यो सरकारलाई आफूहरूको समर्थन नरहेको र औपचारिक निर्णयबारे भोलि बस्ने बैठकमा छलफल हुने श्रेष्ठले बताए । 

प्रवक्ता श्रेष्ठले वर्तमान सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठनको पहल भइरहेको पनि बताएका छन् ।

सरकारलाई आफूहरूको समर्थन नरहने बताए पनि औपचारिक रूपमा भने माओवादीले समर्थन फिर्ता लिएको छैन ।

आजको बैठकबाट समर्थन फिर्तासम्बन्धी निर्णय हुने नेताहरूले बताएका थिए । अर्को बैठक भोलि बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्