
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार ८ हजार ७३८ जनामा कोरोना परीक्षण गर्दा आरटी–पीसीआरबाट १ हजार ६६७ जना र एन्टिजेनबाट ६९ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ । कूल संक्रमितमध्ये २ लाख ७५ हजार ८०६ संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २५१ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । कोरोना निको हुने दर ९५.९% रहेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६५९ रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाले थप ११ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कूल संख्या ३ हजार १०२ पुगेको मन्त्रालयले जनाएको छ ।