
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि भारतको उत्तर प्रदेश सरकारले नयाँ नियम लागू गर्दै सडकमा थुकेमा ५०० रुपैयाँ जरिवाना गर्ने भएको छ ।
कोरोना महामारी अधिनियम २०२० संशोधन गर्दै मुख्यमन्त्री योगी आदित्यनाथ नेतृत्वको सरकारले मास्क नलगाउनेलाई १००० रुपैयाँ जरिवाना तोकेको छ ।
एकै व्यक्तिले दोस्रोपल्ट पनि मास्क नलगाएको फेला परेमा जरिवाना १० हजार रुपैयाँ हुनसक्ने गरी कडा नियम बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सार्वजनिक स्थानमा थुक्नेलाई ५०० रुपैयाँ जरिवाना तोकिएको छ ।
कोरोना संक्रमण रोकथामका लागि प्रदेश सरकारले सप्ताहन्त लकडाउन र रात्रिकालीन कर्फ्यूको घोषणा गरिसकेको छ ।