२० असार २०८३, शनिबार

वैशाख २७ गतेदेखि कतारी रियालको पुरानो नोटको कारोवार बन्द हुने

वैशाख २७ गतेदेखि कतारी रियालको पुरानो नोटको कारोवार बन्द हुने

नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको पुरानो नोटको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्